आरजु राणा जापान लागिन्


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ११ २०८०
3.2K
SHARES

११ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।