जनमतले बजेटलाई समर्थन नगर्ने
१३ असार काठमाडौं। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने भएको छ। मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले विपक्षमा मतदान गर्ने निर्णय लिएको पार्टीका अध्यक्ष सीके राउतले बताए। बजेटलाई समर्थन नगर्ने निर्णय भयो’, बैठकपछि राउतले भने।
संघीय संसदमा जनमत ६ सांसद छन्। बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतलाई मंगलबार आग्रह गरेका थिए।
प्रधानमन्त्रीले आफूसँग जनाएको प्रतिबद्धता दलको बैठकमा राखेपछि जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए। प्रधानमन्त्रीले प्रतिबद्धता जनाए पनि ठोस कुरा नआएको भन्दै जनमत असन्तुष्ट थियो। त्यहीअनुसार सत्ता गठबन्धनमै रहेको जमतले आफूलाई विपक्षमा उभ्याउने निर्णय लिएको हो।
सरकारले बुधबार बिहान ११ बजे सुरु भएको प्रतिनिधि सभाको बैठकमा बजेट पारितको प्रक्रिया अघि बढाएको छ। अहिले प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।