असारमै बूढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन हुन्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १३ २०८०
1.5K
SHARES

१३ असार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी परियोजनाको कार्यालय असारमै उट्घाटन हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उक्त परियोजनालाई अघि बढाउनको लागि यही महिनाभित्र कार्यालय उद्घाटन गरिने बताएका हुन् । कार्यालय उद्घाटन र परियोजना शिल्यान्यासको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।