माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी , को हुन् ती मन्त्रि ?
१७ असार काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक अहिले ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले महत्वपुर्ण निर्णय लिने बताइएको छ। उक्त बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी गरेको छ ।
आज (आइतवार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिके राउतबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो । पर्यटन मन्त्री सुदन किराती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् ।