सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ – गृहमन्त्री श्रेष्ठ
२० असार काठमाडौ । आज प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)सहितका विपक्षी दलहरुले राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध पारेका थिए । यसै विषयलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन् ।
आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर गरिएन । आजै देखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ् ।यसबाट को पिडीत जनताको पक्षमा छ ? र को बिपक्षमा छ ? भन्ने स्पष्ट भएको छ ।
तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ ।पिडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पिडक वा तिनका पक्षधरहरुले सोचेका छन भने त्यो ठुलो भ्रम हो । पिडीतलाई न्याय नदिलाई बिश्राम लिईनेछैन ।
आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ । बिधेयक संसदको प्रकृयामा छ, अघि बढाईनेछ र कानुन बनाइछाडिनेछ । तसर्थ पिडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ ।