रुचिको आधारमा विषय छनोट गर्नु – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८०
2.6K
SHARES

२२ असार काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन्।

अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन्।

‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्। जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना!’ उनले भनेका छन्।