अखिल (क्रान्तिकारी)का उपाध्यक्षले फैलाएका अफवाह : दीनानाथ शर्मा बिरुद्ध पक्राउ पुर्जी जारी
२५ असार काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माको ललिता निवास प्रकरणमा नाम जोडेर भ्रमपूर्ण स्टाटस सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्र निकट कै विद्यार्थी संगठन अखिल क्रान्तिकारी का उपाध्यक्षले फैलाएका हुन । उपाध्यक्ष द्व्य क्षितज सापकोटा र मदन भुलले “माओवादी नेता दिनानाथ शर्मा विरुद्ध पक्राउ पुर्जी जारिभएको छ धन्यवाद प्रचण्ड सरकार” भन्दै भ्रामक स्टाटस लेखेर सामाजिक सञ्जाल तताएका थिए ।
असार २४ गते माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले ललिता निवास प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ललिता निवासको जग्गा प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’ मा आफ्नो नाम जोडिएर आएको समाचारमा ध्यानाकर्षण भएको जनाउँदै यस्ता समाचारको भ्रममा नपर्न आग्रह गरेका हु्न् ।
‘म २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थिए,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतको अन्य मन्त्रालयको मन्त्रालयगत कामकारबाही र निर्णय प्रक्रियामा मेरो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पार्न चाहान्छु । मेरो व्यक्तिगत जीवनमा अन्यथा हुने गरी प्रकाशित भ्रामक समाचारको भ्रममा नपर्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदाय सबैका हार्दिक अनुरोध गर्दछु ।’
