राष्ट्रियसभा बैठक आज बस्दै, बजेट पारित गर्ने कार्यसूचि


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २८ २०८०
2K
SHARES

२८ असार काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बुधबार स्थगित भएको बैठक आज बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । त्यसपछि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।