संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु – महामन्त्री थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ३० २०८०
2K
SHARES

३० असार विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् ।म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ ,’ पत्रकारको प्रश्नमा उनले भने, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’

महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए ।