समाजवादी मोर्चाले गर्‍यो यी तीन निर्णय


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ३० २०८०
4.2K
SHARES

३० असार काठमाडौ । आज नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेको छ। दिउँसो ३ बजे बसेको बैठकले चार-चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्। समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ।

त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बताए। बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको पनि उनले बताए।