रुपान्तरण अभियानको प्रतिवेदन देउवाले बुझेनन्


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २ २०८०
1.5K
SHARES

२ साउन काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् ।सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाउने एक नेताले जानकारी दिए ।

केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए । कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र गर्न सुझाइएको छ ।

त्यस्तै, रुपान्तरणका लागि हरेक तहका सभापति दुई कार्यकालका लागि सोही पदमा रहन पाउने व्यवस्था जस्तै एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री गर्न नपाउने व्यवस्था गर्न भनिएको छ ।