कांग्रेसले तीन चरणमा अभियान चलाउने


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २ २०८०
1.3K
SHARES

२ साउन काठमाडौं ।  नेपाली कांग्रेसले तीन चरणमा अभियान सञ्चालन गर्ने भएको छ । महामन्त्री गगन कुमार थापाले सोमबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त जानकारी दिएका हुन् । पहिलो अभियान साउन २० गतेदेखि भदौ १ गतेसम्म गरिने उनले बताए । उक्त अवधिमा संगठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने छ ।

दोस्रो अभियान भदौ १० गतेदेखि २४ गतेसम्म चलाइने छ । यस अभियानमा समुदायसँग संवाद गरिने उनले बताए । तेस्रो चरणको अभियान मंसिर १५ देखि माघ १५ गतेसम्म चलाइने उनले जनाए । अभियानको पहिलो चरणको उद्देश्य सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विष्लेषण, संगठन सृदृढीकरण र सबलीकरण रहेको उनले स्पष्ट पारे ।