कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले धारणा राख्ने
५ साउन काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।
आत्मसमीक्षामा चुकेको कांग्रेस, मौलिकता गुमाएका केन्द्रीय सदस्य
बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो । तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो । संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए । इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो । बुधबार संस्थापन पक्षका नेताहरूले खाँणविरुद्ध बोल्ने नेताहरूको हैसियतमै प्रश्न उठाएका थिए ।