नेकपा एस तनहुँ अध्यक्ष कार्की एमालेमै फर्किए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ५ २०८०
1.9K
SHARES

५ साउन पोखरा । नेकपा एकीकृत समाजवादी (एस)का तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमालेमा फर्किएका छन् ।नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् । उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले पार्टीमा स्वागत गरेका हुन् ।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो । एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष श्रेष्ठ पनि एमालेसंग संवादमा थिए ।

उपमहासचिव गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरिसकेका छन् । उनीहरु पनि एमालेमै फर्किने एमाले नेताहरु दाबी गर्छन् ।