आज माओवादी केन्द्रको टोलीले भेट्यो भाजपा अध्यक्ष
८ साउन काठमाडौं । भाजपाको निम्तोमा नयाँ दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोलीले उक्त दलका अध्यक्ष जेपी नड्डालाई भेटेको छ ।
भाजपा मूख्यालयमा अध्यक्ष नड्डासँग भेट्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसाललगायत नेताहरुले छलफल गरेका हुन् ।नड्डाले ट्वीट गर्दै फलदायी कुराकानी भएको बताएका छन् ।
‘ BJP इनिसियटिभ अन्तर्गत आउनुभएका नेकपा माओवादी केन्द्रका नेताहरुसँग सारगर्भित कुराकानी भयो’, नड्डाले ट्वीट गरेका छन्, ‘हाम्रो पार्टीका विचारहरुलाई विश्व समुदायसम्म पुर्याउने प्रयासकै निरन्तरतास्वरुप यो भेट भएको हो ।’माओवादी नेताहरु शनिबार भारततर्फ गएका हुन् ।