कार्यवहाक अध्यक्ष श्रेष्ठको अध्यक्ष्यतामा माओवादी बैठकमा सम्पन्न , के-के भयो निर्णय ?


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १० २०८०
3.7K
SHARES

१० साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कार्यवहाक अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् । श्रेष्ठले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुसँग छलफल गरेका हुन् । अनौपचारिक छलफल भएको सचिव गणेश साहले जानकारी दिए ।

“पार्टीको केन्द्रीय समिति बैठकको तयारीका विषयमा अनौपचारिक छलफल भएको हो,” उनले  भने, “पार्टीको आन्तरिक विषयमा कुराकानी भयो ।”

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्किएपछि औपचारिक छलफल सुरु हुने उनको भनाइ छ । प्रधानमन्त्री इटाली भ्रमणमा रहेकाले कार्यवहाकको जिम्मेवारी श्रेष्ठले पाएका छन् । माओवादीको केन्द्रीय कमिटी बैठक साउन १७ गतेका लागि तय भएको छ ।