हाम्रो पार्टीमा आबद्ध हुने भनेको उम्मेदवार हुनु होइन – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १३ २०८०
4.9K
SHARES

१३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् ।पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।