प्रचण्ड र ओलीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन १४ २०८०
4.3K
SHARES
१४ साउन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा सो भेटमा छलफल भएको बताइएको छ । “पहिले नै प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्नुपर्ने थियो, छलफल भएको थिएन । आज त्यस विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानुभएको हो,” ओलीको सचिवालयले भन्यो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट