माओवादीको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १५ २०८०
1.7K
SHARES

१५ साउन काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो । विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।

विधान सम्मेलन गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको छ, मोटामोटी मंसिरमा विधान सम्मेलन गर्ने कुरा भएको छ,” माओवादीका सचिव दीनानाथ शर्माले  भने, “सम्मेलनको मिति केन्द्रीय समितिले तोक्नेछ ।”

उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । केन्द्रीय कमिटी भद्दा भएकाले विधानानुसार लैजान विधान सम्मेलन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।