मान्छे नगन्ने व्यवहार देखाएर कहीं पनि पुगिंदैन – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १७ २०८०
1.9K
SHARES

१७ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि सुरु भयो ।  राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेश गरेको सङ्क्षिप्त प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ ।

केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयबाट आफ्नो फोन समेत नउठेको भन्दै आलोचना गरे । ‘प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले फोन समेत उठाउनु हुन्न ।  आफैं ठूलो हुने कसैलाई मान्छे नगन्ने व्यवहार देखाएर कहीं पनि पुगिंदैन’, उनले भने ।

उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी नेता र कार्यकर्ताभन्दा व्यापारी र बिचौलियालाई महत्त्व दिने गरेको भन्दै आक्रोश पोखे ।

यस्तै केन्द्रीय सदस्यले पार्टीभित्र आत्मालोचना र आलोचनाको संस्कृतिलाई निषेध गरिएको भन्दै त्यसले सबैमा अहमता बढाएको बताए ।