एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ – नेता सापकोटा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०
1.9K
SHARES

१८ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि सुरु भयो ।  राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेश गरेको सङ्क्षिप्त प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ ।

केन्द्रीय सदस्य माधव सापकोटाले यथास्थितिमा पार्टी निर्माण हुन नसक्ने भन्दै गति दिनेगरी कार्यक्रम बनाइनुपर्ने र सबै कमिटीमा निर्वाचन गरिनुपर्ने धारणा राखे । एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरे ।