एमाले मुख्यालयमा बाढी पस्यो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २३ २०८०
2.3K
SHARES
२३ साउन काठमाडौं । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
गएरातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् । बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा बहाव बढेको छ । अहिले बिस्तारै वर्षा भने रोकिँदै गएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट