आज माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने
२४ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ। आज दिउसो १ बजे पार्टी केन्द्रिय कार्यालय परिसडाडामा पत्रकार सम्मेलन आयोजना गरेको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिए। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलो पटक हुन लागेको पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय तथा सरकारले गरेका समसामयिक कामहरूबारे धारणा सार्वजनिक गर्ने महासचिव पौडेलले बताए।
प्रचार विभाग प्रमुख भएलगत्तै उपाध्यक्ष सापकोटा मंगलबार दिउँसो प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूसँग अन्तर्क्रिया गरेका थिए। उनले यसअघि प्रवक्ताको समेत जिम्मेवारी निभाइसकेका छन्। त्यतिवेला ‘प्रवक्तासँग पत्रकार’ कार्यक्रम सञ्चालन गरेका उनले राम्रो प्रतिक्रिया पाएका थिए।
उनले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय तथा सरकारले गरेका समसामयिक कामहरूबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्। उनले यसअघि प्रवक्ताको समेत जिम्मेवारी निभाइसकेका छन्। त्यतिवेला ‘प्रवक्तासँग पत्रकार’ कार्यक्रम सञ्चालन गरेका उनले राम्रो प्रतिक्रिया पाएका थिए। अहिले पनि नियमित रूपमा प्रवक्तासँग पत्रकार कार्यक्रम सञ्चालन गरिने सापकोटाले जानकारी दिएका छन्।