संसद् बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २६ २०८०
1.7K
SHARES
२६ साउन काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्र्र्दै अवरोध गरेको हो ।
एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए ।
एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट