अध्यक्ष नेपाल भम्रण छोट्याए आज स्वदेश फर्कदै
२८ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज (आइतबार) स्वदेश फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका आज स्वदेश फर्कन लागेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल आउन लागेका उनी निकट स्रोतले जानकारी दिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भम्रणलाई छोट्याएका स्वदेश फर्कन लागेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि सोमबार स्वीट्जरल्यान्डको गरेका थिए ।