गृहमन्त्रीले राजीनामा दिनुको विकल्प छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
2.4K
SHARES

२८ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै ओलीले गृहमन्त्री श्रेष्ठ सबैतिर असफल भएकाले राजीनामा दिनुपर्ने बताए ।

‘गृहमन्त्री राजीनामा गर्न जानु बाहेक रोस्टममा जानु अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्याएको सुन हुन्छ । सुन भनेर पक्रियो चोरी हुन्छ’, ओलीले भने । कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको कारण प्रतिशोध साध्न प्रक्राय गरेको पनि ओलीले बताए । शर्मालाई पक्राउ गरेर अरु सांसद तथा नेताहरुको मुख बन्द गराउने रणनीति अन्तर्गत शर्मालाई पक्राउ गरेको ओलीले बताए ।

‘सुनिल शर्माले जरै समेतमा छानविन हुनुपर्छ भनेर मन्त्रीको राजीनामाको कुरा गरे । त्यसपछि पढेर कि चिट चोरेर पास गरे भनेर जाँच गर्नुपर्ने ?’, ओलीले भने, ‘मुख बन्द गर्ने, बोल्न नदिने, तर्साउनको लागि र्युमर चलाइएको छ ।’ सुन तस्करी छानविनको लागि स्वतन्त्र उच्चस्तरीय छानविन समिति हुनुपर्ने ओलीले बताए । ‘अहिले छिचरो बहसको समय होइन् । स्वतन्त्र उच्चस्तरीय छानविन समिति हुनुप¥यो । कर्मचारीहरु निर्देशित भएका कारण स्वतन्त्र छानविन हुन सक्दैन । स्वतन्त्र छानविन गर्न नसक्ने बाध्यता यसै बुझ्न सकिन्छ’, ओलीले भने ।