सर्वदलीय बैठकमा गएनन् ‌ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०
1.4K
SHARES

३ भदौ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्।

तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ‌ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका हुन्।