सीआईबीले लियो विजय गच्छदारको वयान


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०
3.2K
SHARES

४ भदौ काठमाडौ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युराे ( सीआईबी) ले सोमबार ललितानिवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजय गच्छदारकाे वयान लिएको छ ।

पूर्व भौतिक पूर्वाधार मन्त्री  गच्छदारले सीआइबीको कार्यालयमै पुगेर बयान दिएका हुन ।  सोमबरनै पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले  पनि आफैँ सीआईबीमा पुगेर बयान दिएका थिए । दुवै जना बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका मन्त्रीहरु हुन ।

यस अघि पूर्वराज्यमन्त्री संजय साहलाई पनि कारागारबाटै ल्याएर प्रहरीले बयान लिइसकेको छ । ललितानिवास जाग्गा हिनामिनामा ४ मन्त्री, १२ सचिव र १७ सहसचिव संलग्न रहेको छानबिनमा देखिएको प्रहरीको भनाइ छ।

सीआइबीले किर्ते र संगठित अपराधमा गरेको अनुसन्धान अन्तिम चरणमा पुर्याएर मंगलबार अनुसन्धान प्रतिबेदन बुझाउने तयारी गरेको छ । सोमबार नै प्रतिवेदन बुझाउने भनिए पनि जोशीको बयानका कारण रोकिए थियो ।