सर्वदलीय बैठकमा सहमति , भोली सदन खुल्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०
2.3K
SHARES

४ भदौ काठमाडौं । अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने दलहरुबीच सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले पनि समिति गठनका सहमति भएको जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले भने उच्चस्तरीय छानबिन समिति गठनका विषयमा भोलिसम्ममा टुंगिने बताए । भोलिको संसद चल्ने उनले बताए ।