सामुदायिक विद्यालयका छात्राको खातामा आँबुखैरेनी गाउँपालिकाको एक हजार


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०
2.1K
SHARES

३० फागुन काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको बैंक खाता खोलिदिने भएको छ । सामुदायिक विद्यालयका छात्राहरुलाई लक्षित गरी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि ‘छात्रा बचत खाता सञ्चालन योजना’ ल्याउन लागेको बताइएको छ । गाउँपालिकाका अनुसार सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलेर एक हजार रुपैयाँ जम्मा गरिनेछ । सानैदेखि बचत गर्ने बानीको विकास गर्न र आफ्नो रुची तथा क्षमताअनुसारको उच्च शिक्षामा पहुँचका लागि सो योजना ल्याइएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

भनिएको छ, ‘अब आउने शैक्षिक सत्र २०८१ सालदेखि आँबुखैरेनी गाउँपालिकाअन्तर्गत सामुदायिक (सरकारी) विद्यालयमा (कक्षा १० सम्म) अध्ययनरत छात्रातर्फको विद्यार्थीहरुलाई रु. एक हजार बचत मौज्दातसहित छात्रा बचत खाता खोलिदिने निर्णय भएको छ । शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रा बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, आफ्नो रुची तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुग्ने लक्ष्य रहेको छ ।’