गर्मीका कारण बुटवलका सबै विद्यालय बन्द


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
2.1K
SHARES

२० वैशाख काठमाडौं । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय भएको औपचारिक जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार गर्मीसँगै तातो हावा ‘लु’ चल्न थालेकाले नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको जनाए । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि दिइएको बिदाका कारण हिजोदेखि शनिबारसम्म विद्यालय बन्द भएको छ ।