वार्षिक उत्सवमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
2.1K
SHARES

२१ वैशाख काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छ । कम्पनीले आजदेखि वार्षिक उत्सवको अवसरमा देशभरी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम गरी मनाइरहेको छ ।

स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गर्नको लागि विभिन्न स्थानका बीमित, आम नागरिक, नेपाल प्रहरी, अभिमर्ता लगायत कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको छ । कम्पनीले बुवा केयरसँगको सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

२३औं वार्षिक उत्सवको अवसरमा कम्पनीले धनगढी उपमहानगरपालिकालाई हरित गृत निर्माणको लागि पाँच लाख रुपैयाँ समेत सहयोग गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले विभिन्न स्थानमा रक्तदान कार्यक्रम, बृक्षारोपण लगायतका सामाजिक उतरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै भव्य रुपमा वार्षिक उत्सव मनाइरहेको छ ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम औपचारिक रुपमा उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुलीले सम्पूर्ण बीमित, कर्मचारी तथा कम्पनीका मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।