आज काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २४ २०८१
2.4K
SHARES

२४ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।