यी हुन् छानबिन समितिका ७ सदस्यहरू , कुन पार्टीबाट को-को ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
6.5K
SHARES

१५ जेठ काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बन्ने संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लागेको छ । दलहरुले पार्टीको तर्फबाट समितिमा सहभागी हुने सांसदहरुको नाम पठाएका हुन् ।

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् । छानबिन समितिको कार्यादेश आजै बसेको कार्यदलको बैठकले टुंग्याएको थियो । समिति आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट घोषणा हुनेछ । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २-२, माओवादी, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहनेछन् । जसअनुसार कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन् ।