ठगहरू प्रवेश गरेका सहकारी मात्र संकटग्रस्त भएका हुन् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १६ २०८१
7.5K
SHARES

१६ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन्। राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताए।

उनले भने- अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर, साँचैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । छैनन। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।