सन्दीपको भिसा बारे सरकारकी प्रवक्ता शर्माले दिईन यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८ २०८१
2.8K
SHARES

१८ जेठ काठमाडौ । सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिने नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको जानकारी दिएको छ। सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सकारले पहल गरे पनि भिसा दिने नदिने अधिकार दूतावासको भएको बताइन्।

‘क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको हो,’ उनले भनिन्।

परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदासमेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो। गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रोपटक भिसा ‘रिजेक्ट’ भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले पनि विज्ञप्ति जारी गरेर सरकार र आईसीसीले समेत समन्वय गर्दासमेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको स्पष्ट पारेको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले सन्दीप लामिछाने नेपालको १५ सदस्यीय स्क्वाडमा राखेको जानकारी गराउँदासमेत भिसा नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

टी-२० विश्वकपको समूह डीमा रहेको नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दैछ। नेपालको पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध हुँदैछ।