भोलि नेकपा एसको विशेष पत्रकार सम्मेलन , के होला सत्ता गठबन्धन ?


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१
8K
SHARES

१९ जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। अर्पण ब्याङ्क्वेट बानेश्वरमा भोलि १२ः ३० बजे सम्मेलन गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

पार्टीको दशौं राष्ट्रिय महाधिवेसनको सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागिएको उनले बताए। उनका अनुसार सम्मेलनमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्।

अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा मात्रै नभएर पार्टीभित्रै पनि असन्तुष्ट बढेको छ। पछिल्लो समय माधव नेपाल दोहोरो रणनीतिका साथ अघि बढ्न खोजेका छन्।

सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेससँग निरन्तर संवादमा छन्। तर, सम्मानित नेता खनाल भने यही समीकरणलाई अघि बढाउने पक्षमा उभिएका छन्।नेकपा एसले एमाले(माओवादीसहितको गठबन्धन छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन। केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ।