शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी केबलकार बीच छुट सम्झौता
२८ जेठ काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका देशभरका शाखाका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुने भएको छ ।सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गरे ।
केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।लुम्बिनी प्रदेशमा मात्रै ७२ वटा शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब एक हजार कर्मचारी कार्यरत छन् ।
बैंकले यो वर्ष र दुई वर्ष अघि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । रुपन्देहीको पर्यटन प्रवद्र्धनमा अहं भूमिका खेल्न सक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसंग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।