ग्लोबल आइएमई बैंकका ग्राहकले गुरू ट्राभल्सको सेवामा आकर्षक छुट पाउने
२८ जेठ काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्र हस्ताक्षर गरेका हुन् ।सम्झौतापछि अब बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।
यस्तै ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु ५०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।
कार्यक्रममा बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।