एनआईसीको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५० हजार कित्ता शेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १३ २०८१
2.2K
SHARES

१२ असार काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा राखिकएको छ । बैंकले बुधबार सूचना सार्वजनिक गर्दै प्रतिकित्ता रु ७३९ रुपैयाँका दरले शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्रै बोलकबोलमा सहभागी हुन पाउनेछन् । अन्य कम्पनी र व्यक्तिले भने उक्त शेयर खरिद गर्न नपाउने बैंकले जनाएको छ । आवेदकको प्रबन्धपत्र, नियमावलीमा शेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपर्ने छ । शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने बताइएको छ ।

शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले २०८१ असार १८ गते कार्यालय समयभित्र के कति दर भाउमा लिन कबुल गर्ने हो उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने सूचनामा भनिएको छ ।