विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’
९ भदौ काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ले एक दिनमा धेरै हेरिने गीतको रेकर्ड बनाएको छ। २४ घण्टामा यस गीतलाई युट्युबमा १५ लाखपटक हेरिएको छ। यसअघि कुनै पनि गीतले एक दिनमा यति भ्युज पाउन सकेका थिएनन्।
विशेषगरी माझीको स्वर र शब्दले दर्शकको ध्यान खिचिरहेको छ। तर यो गीत ट्रेन्डिङमा ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ।
विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतमा तीजमा माइत जान नपाएको कुरा समेटिएको छ। विष्णुको यसअघिको गीत ‘चरी जेलैमा’ लाई १३ दिनमा एक करोड भ्युज पाएको थियो।छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा प्रकाश सपुतको ‘सकम्बरी’ छ। यस गीतलाई एक सातामा करोडभन्दा बढी पटक हेरिएको थियो।