भैँसेपाटीको एक होस्टेलमा युवाको शव फेला


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
2.3K
SHARES

१६ भदौ काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टेलमा एक युवा मृत फेला परेका छन् ।  ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार ललितपुरको भैँसेपाटीस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङका सकुल मर्डीको शव आज फेला परेको हो ।

उनको शव होस्टेलको कोठाभित्र आफ्नै बेडमा फेला परेको हो । उनको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको छ ।