यो वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१
2.2K
SHARES

२९ असोज काठमाडौँ । अर्थशास्त्र तथा आर्थिक विज्ञान विधातर्फ यस वर्षको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले संयुक्त रूपमा पाएका छन् । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार म्यासच्युसेट्स इन्सिच्युट अफ टेक्नोलोजीका डारोन एसेमोग्लु र साइमन जोनसन तथा युनिभर्सिटी अफ सिकागोका जेम्स ए रोबिन्सनलाई संयुक्त रूपमा हस्तान्तरण गर्ने घोषणा गरिएको हो ।

ती अर्थशास्त्रीले देशको समृद्धिमा त्यस देशमा भएका सामाजिक संस्थाहरूको महत्वका बारेमा गरेको योगदानस्वरुप पुरस्कार प्रदान गरिएको जनाइएको छ ।  यसबाट राष्ट्रहरू बिचको समृद्धिमा भिन्नता देखाएको एकेडेमीले उल्लेख गरेको छ । कानुनी शासनको मामिलामा कमजोर रहेको एवं समाज र जनसङ्ख्याको शोषण गर्ने संस्थाले समृद्धि वा परिवर्तनका लागि योगदान गर्न सक्दैनन् भन्ने विषयलाई विजेताहरूको अनुसन्धानले बुझ्न मद्दत गरेको एकेडेमीले उल्लेख गरेको छ ।