९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
2.7K
SHARES

२५ कार्तिक काठमाडौँ । नबिल बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीको तयारी थालेको छ । बैंकले सूचना प्रकाशित गर्दै गैरबैँकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको लिलाम बिक्रीका लागि १५ दिने बोलपत्र आह्वान गरेको हो ।यसरी गैरबैंकिङ सम्पत्ति भएका स्थानहरुका काठमाडौँ उपत्यका एवं तराई तथा भित्री मधेशका जिल्लाहरु रहेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ भक्तपुर तथा ललितपुरका विभिन्न स्थानका जग्गा लिलामीमा राखिएको छ ।

त्यस्तै, तराई तथा भित्री मधेसका जिल्लाहरू अन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैरबैंकिङ सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागिएका छन् ।  त्यस्तै, पहाडी जिल्लाहरू भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैरबैंकिङ सम्पत्ति समेत लिलाममा राखिएको छ । इच्छुक व्यक्तिले मंसिर ९ गते कार्यालय समयभित्र कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।