शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
1.8K
SHARES

२५ कार्तिक काठमाडौं । शाइन रेसुंगा डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९५०.५४ रुपैयाँको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १४ करोड २० लाख १० हजार ७२९ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।