१३ अर्बको बिटक्वाइन भुटान सरकारले बेच्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2.1K
SHARES

२ मंसिर काठमाडौं । भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सलाई उद्धृत गर्दै याहु फाइनान्सले उल्लेख गरेको छ ।

भुटानको शाही सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिनान्स’ मार्फत् प्रतिबिटक्वाइन ९० हजार डलरका दरले बिहीबार बिहान ३६७ वटा बिटक्वाइन बिक्री गरेको र त्यसबापत ३ करोड ३५ लाख डलर बराबरको बेचेको हो ।अर्खाम इन्टेलिजेन्सका अनुसार सो दिन बिटक्वाइनको मूल्य ९० हजार डलरभन्दा माथिको इन्ट्राडे उच्च विन्दुमा पुगेर ८७ हजार डलरमा फर्कनुअघि उक्त कारोबार भएको हो ।पछिल्ला केही हप्ताहरूमा भुटानले बिक्री गरेको यो दोस्रो उच्च मूल्य हो । त्यसअघि गत साता उसले ६ करोड ६० लाख डलर (८ अर्ब ९१ करोड रुपैयाँ) को बिटक्वाइन ७० हजार डलरका दरले बिक्री गरेको थियो ।
भुटानसँग अझै १ अर्ब १० करोड डलर अर्थात् १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको १२ हजार २ सय ६ वटा बिटक्वाइनहरू छन् ।भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायत र युक्रेनपछि भुटान धेरै बिटक्वाइन भएका  देशहरूमा विश्वकै पाँचौं स्थानमा पर्छ । अन्य राष्ट्रहरूले पनि हालको बुल बजारबाट फाइदा लिइरहेका छन् ।एल साल्भाडोर बिटक्वाइनलाई टेन्डरको रूपमा स्वीकृत गर्ने पहिलो देशहरू मध्ये एक हो । यसले बिटक्वाइनको वृद्धिलाई आफ्नो राष्ट्रिय ऋणको बोझ हटाउने र योजनाबद्ध बिटक्वाइन सिटी जस्ता महत्वाकांक्षी परियोजनाहरूमा लगानी गर्ने अवसरको रूपमा प्रयोग गरिरहेको छ।