सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढ्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
2K
SHARES

९ मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।