त्रिभुवन विश्वविद्यालयद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
3.5K
SHARES

१८ मंसिर काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ। उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो।

त्रिविका प्रवक्ता यमनसिंह बोहराले उपकुलपति प्राडा केशरजंग बरालले मेरिटाेक्रेसीका आधारमा नियुक्त गरेको बताए। त्रिविले पर्याप्त मेरिटाेक्रेसीका आधार, मार्ककाे आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको प्रवक्ता बोहराले बताए।

नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलाैनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको हो।प्रवक्ता बोहाराले डीन लगायतका अन्य पदमा समेत छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उच्चतम मेरिटाेक्रेसी कायम गर्दै नियुक्त गरिने बताए।