शिक्षकलाई तलब मासिक रूपमा भुक्तानी गर्न सबै पालिकामा परिपत्र


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
3.2K
SHARES

२१ मंसिर काठमाडौं । शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न भनेको हो।

यसअघि चौमासिक रुपमा तलब भत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा भनिएको छ।