अंग्रेजी नामका १८ ‘बोर्डिङ स्कूल’ले दिए नेपालीकरणको निवेदन


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
2.3K
SHARES

१४ पुस काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म नाम राखेका छन् ।

यस्तै, दक्षता स्कूल, वितारा बालग्राम, मेघाश्री विद्यालय नाम कायम गरिदिन पनि आग्रह गरिएको छ ।महानगरमा प्राप्त शैक्षिक स.स्थानको नाम र स्थान परिवर्तनकासम्बन्धमा पनि कुनै व्यक्ति वा संघसंस्थाका दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि आग्रह गरिएको छ ।